|  

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयअगाडि प्रदर्शन

२५ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दलित युवाहरूले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयअगाडि प्रदर्शन गरेका छन्।

दलितका लागि दलित अभियानका युवाहरूले शुक्रबार दिउँसो सानेपा पुगेर कांग्रेस पार्टी कार्यालयअगाडि प्रदर्शन गरेका हन्। 

उनीहरूले सर्लाहीको अन्तरजातीय विवाहको घटनामा गृहमन्त्री लेखकको भूमिकामाथि प्रश्न गर्दै कारबाहीको माग गरेका हुन्। उनलाई मन्त्रीबाट फिर्ता बोलाउन कांग्रेससँग दलित युवाहरूको माग छ। 

उनीहरूले गृहमन्त्रीकै निर्देशनमा अन्तरजातीय विवाह गरेको जोडीलाई छुटाउन खोजिएको आरोप लगाएको छ।