२५ माघ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको आरोपमा पक्राउ परेका ३ जनासँग जनही १/१ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै ललितकुमार केसी र शीतल राईलाई जनही १/१ लाख धरौटी बुझाएर छुटेका छन् ।
तीन जना प्रतिवादी मध्ये एक जना महानन्द जैसी भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो ।