|  

‘भिजिट भिसा’ मा नेपाल आएर श्रमदान गर्ने १७ जना धरानबाट पक्राउ

२६ माघ, काठमाडौं । ‘भिजिट भिसा’ मा नेपाल आएर श्रमदान गर्ने १७ जना सुनसरीको धरान उपमहानगरपालिका ५ देउरालीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा १६ जना अमेरिकी र एकजना भारतीय नागरिक रहेका छन । सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार उनीहरूलाई माघ २२ गते नियन्त्रणमा लिइएको हो । उनका अनुसार भारतको सिलगढीका वसन्त लामासहित १६ जना अमेरिकी नागरिकहरू नेपाल आएका थिए । लामासहित अमेरिकी नागरिकहर्रू यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको भिसा अवधि कायमै रहेपनि भिजिट भिसाको अवज्ञा गरेकाले नियन्त्रणमा लिएर सम्झाईबुझाई गरी छाडिएको भनिएको छ । 

पक्राउ परेकाहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचार गरेको आरोप लागेको छ। यता प्रहरीले भने यस विषयमा जानकारी नभएको बताएको छ । नियन्त्रणमा लिइएकाहरूसँग धर्मको प्रचारजन्य कागजात फेला नपरेको पनि प्रहरीले जनाएको छ । तर उनीहरूमाथि थप अनुसन्धान र निगरानी भने भइरहेको छ । तर, स्थानीयवासीहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचारसमेत गरेको आरोप लगाएका छन् ।