|  

४० जना तीर्थयात्री बोकेको बस बबईमा दुर्घटना

२७ माघ, काठमाडौं । सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।