|  

अब ईसेवाको रकम एनआईसी एसिया बैंकको एटीएमबाट निकाल्न सकिने !

२८ माघ, काठमाडौं । डिजिटल वालेट ईसेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै बैंकले यस्तो सेवा सुरु भएको जानकारी दिएको हो । यससँगै अब ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन् ।

त्यस्तै, मासिक रूपमा ५० पटकसम्म बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिने छ । यसअघि ईसेवा वालेटको रकम एभरेस्ट बैंकबाट ‌निकाल्न मिल्ने सुविधा थियो ।