|  

स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृ#त्यु

२८ माघ, काठमाडौं । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका-३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१-००१ ख ३६१० नम्बरको बसको ठक्करबाट सुशान्तको मृत्यु भएको हो ।

 नलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सुशान्तको घटनास्थलमै मृत्यु भएको हो ।