|  

ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा रहेका छन् । उनीहरुलाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको हो ।

यही माघ २४ गते काठमाडौं महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।