|  

अर्जुन ट्रफी क्रिकेटको उपाधिका लागि आज अत्तरिया र डडेलधुरा खेल्दै

२८ माघ, काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आज सीवाईसी अत्तरिया र फ्रेन्डस् युथ क्लब डडेलधुरा खेल्दैछन् ।

उपाधिका लागि हुने यो खेल फाप्ला क्रिकेट मैदानमा दिउँसो एक बजे सुरू हुनेछ । अत्तरिया डीसीए धनगढीलाई र डडेलधुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।