|  

फिल्म ‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ गीत सार्वजनिक, यस्तो छ बालेनको र्‍याप

२८ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को फिल्म ‘लाज शरणम्’का लागि गाएको ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ । 

बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा ‘नेपाल हाँसेको’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द रहेको छ। 

 भिडियोमा फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, हरिष निरौला, सागर लम्साल, महेश त्रिपाठी, जित विष्ट, रामबाबु रेग्मी, सानु पाण्डे र बाल कलाकार आयुषी ढकाल प्रस्तुत छन् । भिडियोमा वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई चित्रण गरिएको छ, जुन मर्मस्पर्शी छ ।

 आगामी फागुन १४ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्मको केही दिनअघि अर्को प्रमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको थियो ।