|  

सुन तोलाको १ लाख ७० हजार नाघ्यो

२९ माघ, काठमाडौं । कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।