२९ माघ, काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । बिहान साढे १० बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । गित रिलिज भएको १८ घण्टामा झण्डै ८ लाखले हेरेका छन् ।
‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्याप छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।लेखक, कलाकार देखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । ‘लाज शरणम्’ को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।