२९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको फिल्म ‘लाज शरणम’ को गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
हिजो बेलुका रिलिज भएको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फ पहिलो नम्बरमा उक्लिएको हो । यो समाचार तयार पार्दासम्म भिडियोलाई ८ लाख ७६ हजारभन्दा बढीपटक हेरिएको छ । ‘नेपाल हाँसेको’ गीतमा शब्द, संगीत, स्वर र ¥याप बालेनको छ । शाह मेयर भएपछि सार्वजनिक भएको यो पहिलो गीत हो । कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर रहेको छ ।