|  

बालेन शाहको नयाँ गीत ‘नेपाल हाँसेको’ ६ देशको युट्युव ट्रेन्डिङमा

२९ माघ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नयाँ गीत ‘नेपाल हाँसेको’ले विश्वब्यापी चर्चा पाइरहेको छ ।

रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ । सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो । मंगलबार मध्यान्हमा नेपालको संगीत खण्डतर्फ युट्युवको शीर्षस्थानमा छ ।

नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा अस्ट्रेलियामा १५, युएईमा ८, कतारमा २, माल्टामा २ र कुवेतमा ९ औं स्थानमा छ । काठमाडौं महानगरको मेयर भएपछि बालेनले पहिलोपटक गीत ल्याएका हुन् ।

तर, यो गीतको अडियो भने १० वर्षअघि नै रिलिज भैसकेको छ । ‘नेपाल हाँसेको’ गीतको भिडियोमा ‘लाज शरणम्’ गीतका कलाकारले अभिनय गरेका छन् ।