३० माघ, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो । यता आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।