३० माघ, काठमाडौं । पर्सामा खसीको भनेर बाख्राको मासु बेच्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा वीरगञ्ज–१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनापछि खटिएको प्रहरीको टोली उनको पसलमा पुगेको थियो ।
त्यहाँ बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको फेला परेको हो। प्रहरीले १५ किलोको बाख्राको मासु पनि बरामद गरेको छ ।