३० माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आज नेपाल आउँदै छिन् ।
हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला इन्टरनेशनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आउन लागेकी हुन् ।
एन्जिला तुम्बापो एयर अरेबियाको फ्लाइटबाट आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ ।