३० माघ, काठमाडौं । धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ३५ वर्षीया रक्षाकुमारी मण्डल रहेकी छन् ।
उनलाई ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको हो ।