३० माघ, काठमाडौं । बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध लगाएको छ ।
उनलाई म्याच फिक्सिङ गराउन पैसा अफर गरेको आरोपमा दोषी ठहर हुँदै प्रतिबन्ध लगाइएको हो । ३६ वर्षीय अफस्पीनर सोहेलीले अब पाँच वर्षसम्म कुनैपनि क्रिकेट खेलहरू खेल्न पाउने छैनन । यस्तो आरोपमा प्रतिबन्ध व्यहोर्ने उनी पहिलो महिला क्रिकेटर हुन ।
उनी म्याच फिक्सिङ गराउन खोजेको, पैसा अफर गरेको र आईसीसीको भ्रष्टाचार विरोधी संहिता (एसीयू) को दृष्टिकोणको पूर्ण विवरण खुलासा गर्न असफल भएको तथा अनुसन्धानमा बाधा पुर्याएकाले दोषी ठहर भएकी हुन् ।