३० माघ, काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्चसेञ्ज (नेप्से) १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा सुधार आउँदा चार उपसूचक मात्र हरियाली भएको छ । आज गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, रिभरफल्स पावरको ८.०२ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.४६ प्रतिशतले सेयर मूल्य बढेको छ ।