|  

आफू एमालेमा जाने कुनै सम्भावना छैनः झलनाथ खनाल

३० माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले सरकारको ल्याएको अध्यादेश स्वीकृत नहुने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहन नसुहाउने बताएका छन् ।

आज पार्टीनिकट समाजवादी प्रेस संगठन उदयपुरले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेश सदनबाट अस्वीकृत हुने अवस्था आउँदा नैतिकताको आधारमा सत्ता छाड्नु उपयुक्त हुने बताएका हुन । वर्तमान सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको समेत उनले आरोप लगाए । संसद्को प्रमुख दुई ठूला दलबीचको गठबन्धनमा बनेको सरकारले एउटा विधेयक पनि ल्याउन नसक्ने कुनै परिस्थिति नबनेको र अध्यादेश ल्याउनु गलत रहेको उनको भनाइ छ ।
साथै, नेता खनालले आफू एमालेमा जाने कुनै सम्भावना नरहेको जिकिर गरे ।