|  

पुलिस क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

३० माघ, काठमाडौं । नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि शुन्यका विरुद्ध एक गोलको साँधुरो जित निकाल्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । आहा राराको २४ मध्ये २३ वटा संस्करणमा सहभागी भएको पुलिस ११ औं पटक फाइनलमा पुगेको हो । उसले ६ पटक उपाधि जितेको छ ।  

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  फाइनल खेल शनिबार हुनेछ ।