|  

विद्युत प्राधिकरणको गल्तीले पाइप फुटेको होः खानेपानी मन्त्री यादव

३० माघ, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणको गल्तीले मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन । मन्त्री यादवले भने, ‘विद्युत प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत प्राधिकरणले हामी र केयूकेएलसँग नसोधि काम र्गयो । त्यसकै कारणले यस्तो घटना घटेको हो । लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’

उनले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए । सबै पाइपको पानी सकिएपछिमात्रै पानी रोकिने उनको भनाई छ ।