|  

साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

३० माघ, काठमाडौं । काठमाडौँको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना भएको छ ।

दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले बताए । 

चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरकाे बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् । 

 प्रहरील घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको छ ।