१ फागुन, काठमाडौं । रिपब्लिकन सांसदहरूले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी गरेका छन् ।
उनीहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेको बताएका छन् । बुधबार रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि ऐन २०२५ प्रस्तुत गरे ।
यसको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो ।विदेश विभागद्वारा सञ्चालित डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम (डिभी प्रोग्राम) ले वार्षिक रूपमा चिट्ठा आयोजना गर्छ जहाँ ५५ हजार आप्रवासीहरूलाई ग्रीन कार्ड दिइन्छ ।
योग्यतामा आधारित छनोट प्रक्रियाबाट गुज्रनुको सट्टा बसोबासको लागि आप्रवासीहरूलाई जथाभाबी छनौट गर्ने बारेमा राष्ट्रिय सुरक्षा चिन्ता उठाउने सांसदहरू बिच यो कार्यक्रम वर्षौँदेखि राजनीतिक बहसमा छ ।