१ फागुन, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा बिहे भएको केही घण्टामै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
१२ घण्टाअघि मात्रै विवाह गरेका युवकको आफ्ना साथीहरूसँग मिठाई किन्न गाडीमा जाँदै गर्दा दुर्घटनामा मृत्यु भएको हो । बाटोमा सडक छेउमा राखिएको ट्रकसँग कार ठोक्किएको थियो ।
दुर्घटनामा दुलाहासहित २ जनाको मृत्यु भ एको छ भने ३ जना घाइते भएका छन् । मृतक सतीशले हालै मिरगञ्जको संग्रामपुर गाउँकी स्वातीसँग विवाह गरेका थिए । दुवै परिवारमा हर्षोल्लासका साथ मनाइँदै थियो ।
सबै अनुष्ठान सकिएपछि बेहुलीलाई बिदाइ गरेर सम्पूर्ण परिवार घर पुगेका थिए । त्यसपछि राति केही आफन्तको बिदाईका लागि मिठाई ल्याउन भनिएको थियो । यसपछि दुलहा सतीश आफैं साथीहरूसँग मिठाई किन्न गएका थिए । तर बाटोमा दुर्घटना भयो र सतीशको शव घर पुग्यो ।