१ फागुन, काठमाडौं । आज फेब्रवरी १३ विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।
नेपालमा खास गरी १० बर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोले पु¥याएको योगदान र शान्ति प्रकृयामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ । देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रशारण अहिले पनि उत्तिकै लोकप्रिय छ ।
नेपालमा भने वि.सं.२००२ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो ।एफएम रेडियोको प्रशारण भने २०५२ सालपछि सुरु भएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।