१ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ ।
फोनमा उनीहरूबीच भेट्ने सहमति भएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन् ।
तर, ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, “हामी साउदी अरेबियामा भेट्नेछौँ ।”यता रुसी राष्ट्रपति पुटिनले ट्रम्पको सुझावलाई समर्थन गरेको स्रोतले जनाएको छ ।