२ फागुन, काठमाडौं । इनड्राइभले नेपालमा आफ्ना प्रयोगकर्ताका लागि दुर्घटना बीमा सुविधा ल्याएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा इनड्राइभले चालक र यात्रुलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षा दिन यस्तो सेवा ल्याएको हो । हालै भएको सम्झौतापत्रमा इनड्राइभकी नेपाल प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।
बीमा योजनाअन्तर्गत कुनै दुर्घटनाका कारण चालक वा यात्रुको मृत्यु भएमा आठ लाख रुपैयाँ बीमा रकम प्रदान गरिनेछ । पूर्ण स्थायी अशक्तता भएमा आठ लाख रुपैयाँ उपलब्ध हुनेछ भने दुर्घटनाका कारण औषधोपचार आवश्यक परेमा ८० हजार रुपैयाँसम्म भुक्तानी गरिनेछ । नाबालिग यात्रुहरूका हकमा बीमित क्षतिपूर्तिको ५० प्रतिशत रकम प्रदान गरिनेछ ।