|  

मधेश प्रदेश कृषि विश्वविद्यालयमा तालाबन्दी

०२ फागुन, काठमाडौं । राजविराज स्थित मधेश प्रदेश कृषि विश्वविद्यालयका उपप्राध्यापक तथा कर्मचारीहरुले आज विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

विगत ७ महिना देखी तलब सुविधा नपाए पछी आफ्नो कार्यकक्षमा रहेका उपकुलपती डा.बैधनाथ महतोलाई बाहिर निकालेर उपप्रध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेका हुन । तालाबन्दीका कारण विश्वविद्यालयको पठन पाठन देखी सम्पुर्ण गतिबिधी ठप्प भएको छ ।

आवश्यक बजेटको अभावमा लामो समय देखी तलब नपाएको र विश्वविद्यालयको अन्य गतिबिधीमा समस्या पर्दा आफ्नो गोजीबाट समेत पैसा खर्च गरेर काम चलाएको भएपनि सरकारबाट कुनै ठोस पहल र सहयोग नभएका कारण बाध्य भइ तालाबन्दीमा उत्रिनु परेको विश्वविद्यालयका उपप्रध्यापक रामनन्दन यादवले बताए । उनले यस अघि प्रदेश सरकारलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएर माघ ३० गते भित्र माँग पुरा न गरे तालाबन्दी गर्ने भनी दिएको पूर्व जानकारी अनुसार नै तालबन्दी गरिएको प्रष्ट पारेका छन ।