५ फागुन, काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा नेपाली विद्यार्थीको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ ।
कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । कलेजले उनले प्रेममा परेपछि उत्पन्न भएको घटनाले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । तर, प्रकृतिले आफूमाथि अन्याय भएको भन्दै पहिले नै कलेज प्रशासनलाई खबर गर्दा पनि कुनै एक्सन नलिएपछि यो घटना घटेको आन्दोलित विद्यार्थीको भनाई छ ।
घटनापछि आक्रोशित त्यहाँ अध्ययनरत विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् । तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालिएको खबर पनि बाहिरिएको छ । यसैको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो ।c