|  

ओशो सन्यासी बनिन् अभिनेत्री शिल्पा

७ फागुन, काठमाडौं ।  अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् ।

ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । ‘लज्जा’बाट फिल्म अभिनयमा डेब्यु गरेकी शिल्पाले करिअरमा ९ फिल्ममा अभिनय गरेकी छिन् ।

हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम उनका चर्चित फिल्म हुन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो ।