७ फागुन, काठमाडौं । आज हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।
उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी भने अझै रिहा हुने टुंगो लागेको छैन ।
इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मङ्गलबार जनाएको छ ।
हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ ।