७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका छन् ।
फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यी शीर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको बताएका हुन् । नेपालको नाम र नेपालको वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’
यसअघि एलन मस्कले नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो ।
ट्रम्पले नेपालजस्तै भारत, मालदिभ्स, लाइबेरिया, माली, साउथ अफ्रिका लगायत देशलाई दिंदै आएको सहयोग पनि रोकेको जानकारी दिएका छन् ।