९ फागुन, काठमाडौं । हमासले इजरायललाई एउटाको भनेर हस्तान्तरण गरेको शव अर्कैको रहेको खुलेको छ ।
बिहीबार हमासले ३२ वर्षीय शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल र १० महिनाका छोरा केफिरसँगै ८४ वर्षका ओडेड लिफसिथसहित चार इसराइली बन्धकको शव हस्तान्तरण गरेको थियो। तर फरेन्सिक चेकजाँचका क्रममा शिरीको भनिएको शव उनको नरहेको खुलेको हो ।
शव हस्तान्तरणपछि इसराइलले चार वटै शवको फरेन्सिक जाँच गरेको थियो। तीमध्ये तीन शवहरू जसको भनिएको हो उसैको रहेको तर दुई बच्चाकी आमा भनेर हस्तान्तरण गरिएको शव उनको नरहेको पाइएको हो । इसराइलले शिरीको भनेर पहिचान नखुलेको शव पठाएको भनेर आपत्ति जनाएको छ। उनीहरूले शिरीको शव तत्काल पठाउन पनि चेतावनी दिएका छन्।