९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूलाई नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिए पनि नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ।’