|  

चीनले बनायो १० सेकेन्डमा १०० मिटर दौडिने रोबोटिक कुकुर

९ फागुन, काठमाडौं । चीनले १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरेको ।

३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो ।

रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइनबाट विकास गरिएको हो ।

रोबोटले हालसालै १०.४ मिटर प्रति सेकेन्डको ट्रेडमिल परीक्षण पूरा गरेको छ ।