०९ फागुन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका एक वृद्धको सकुशल उद्धार गरिएको छ ।
भरतपुर-२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारीलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको हो । पुलबाट नारायणी नदीमा हाम फालेको अवस्थामा उनलाई सकुशल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।