९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको छ ।
यो कार्यक्रम भोलिसम्म चल्नेछ । बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे प्रकाश पारे । उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए ।
राजनीतिक प्रशिक्षण कार्यक्रम केन्द्रहुँदै प्रदेश, जिल्ला, पालिका र वार्ड सम्म लगत्तै सञ्चालन हुने रास्वपाले जनाएको छ ।