|  

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

९ फागुन, काठमाडौं ।   त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका  सार्वजनिक गरेको हो ।

फागुन १९ गते दिउसो तीन बजेसम्म सङ्घ/सङ्गठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय तोकिएको छ ।