१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ को आज विमोचन गरिएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा उनको पुस्तक विमोचन भएको हो । विमोचन कार्यक्रममा बोल्दै राधिका शाक्यले केपी ओलीलाई मन नपराउनेहरूले अन्तर्वार्ता र सामाजिक सञ्जालमा भैँसी गोठालो भन्ने गरे पनि आफूलाई उनीसँग विशेष गरेर गर्व लागेको बताइन । केपी ओलीले आफ्नो घर आगन अथवा, खेतबारीमा गोठालो गरेको वा घाँस काटेको भए त्यसमा गर्व गर्नुपर्ने धारणा राखिन । कतिपयले ओलीलाई होच्याउने र लान्छना लगाउने नाममा यस्तो शब्द प्रयोग गरेको भन्दै उनले त्यस्तो कुरामा अल्झिएर समाजलाई कुनै फाइदा नहुने बरु हानी गर्ने बताइन् ।