१० फागुन, काठमाडौं । बालबालिकाको पोषणयुक्त खाजाले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारुप, २०८१ कार्यान्वयनको सन्दर्भमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको राष्ट्रिय परामर्श कार्यक्रमका सहभागीले दिवा खाजामा लगानी बढाउन सुझाव दिएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापहरूले दिवा खाजाको रकम निकासा मासिकरुपमा गरिनुपर्ने, असल अभ्यास अनुभवको आदानप्रदान गर्नुपर्ने, विद्यार्थीलाई प्रदान गरिने खाजाको रकम प्रयाप्त नभएको र सबै कक्षालाई नै नहुँदा विभेद देखिएको बताएका थिए ।
उनीहरुले विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक शिक्षा प्रवद्र्धन, हालको अवस्थाबारे अध्ययन अनुसन्धान गर्नुपर्ने, स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गर्न सक्नुपर्ने, खरिद प्रणालीमा सहज बनाउनुपर्ने, लगायतका विषय पनि उठाएका थिए ।