|  

विवाहको भोजमा युवकको हत्याः तीन ब्यक्ति पक्राउ

१० फागुन, काठमाडौं । बाजुरामा विवाहको भोजमा युवकको हत्या आरोपमा प्रहरीले ३ ब्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका-७ का २७ वर्षीय लोकेन्द्र खड्का, २५ वर्षीय खेमराज विष्ट र २२ वर्षीय दीर्घ विष्ट रहेका छन् । बूढीगंगा नगरपालिका-८ का सन्तोष खड्काको विवाहको भोजमा पुगेका २७ वर्षीय रणबहादुर थापाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विवाह भोजमा उनीहरूबीच विवाद भएको थियो । विवादपछिको कुटपिटबाट थापाको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।