१० फागुन, काठमाडौ. । प्यालेस्टिनी लडाकुहरूले आज दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन् ।
इजरायली सुरक्षा बलले आज रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ । गत जनवरी १९ मा सुरु भएको युद्ध विराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो । युद्ध विरामको पहिलो चरण अन्तर्गत रिहाइका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि आजै रिहा गर्ने तयारी भइरहेको बताइएको छ ।
लडाकुहरूले आज रिहा भएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगीसोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोश लडाकुहरूको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो र त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो । प्यालेस्टिनी लडाकुहरूले सन २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौँ बन्दीहरूलाई कब्जामा लिएका थिए जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो । मध्य गाजामा आजै एक छुट्टै समारोहबीच अन्य चार जना बन्धकलाई मुक्त गरिनेछ ।