|  

एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु

१० फागुन, काठमाडौ। काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु भएको छ ।

स्थानीय पहिचान र सम्भावना प्रवद्र्धन गर्ने महोत्सवको प्रमुख लक्ष्य रहेको छ । महानगर–१५ ले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवद्र्धनसँगै मौल खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका प्रमुख आकर्षकको रुपमा राखेको छ । 

महोत्सवको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन कार्यक्रममा उप-प्रमुख सुनिता डंगोल लगायत अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।