|  

असारबाट पार्टीको विशेष महाधिवेशनको तयारीमा लाग्नेछौँः जनार्दन शर्मा

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समाजवादी क्रान्तिका लागि नयाँ नीति र योजना बनाउन आगामी मंसिरमा बिशेष महाधिवेशन गर्ने निर्णय भएको बताएका छन् ।

पार्टीको नागार्जुन नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले असारबाट पार्टीको विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले हालै बसेको केन्द्रीय कमिटीको बैठकमा विचार, राजनीति, विधि, पद्धति, संगठन र नेतृत्व प्रणालीबारे छलफल भएको पनि  जानकारी दिए । उनले भने, ‘हामी असारबाट बिशेष महाधिवेशनको तयारीमा लाग्नेछौं । असारसम्म हुलाकी राजमार्ग केन्द्रित अभियान गर्छौ । बैशाखमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियान गर्छौँ ।’

साथै उनले पहिलोबाट तेस्रो पार्टी बन्नुको कारणबारे समीक्षा गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।