११ फागुन, काठडाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक / दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने छ ।