|  

ताप्लेजुङमा प्रहरी र नो केबलकार समूहबीच झडप, आठ जना घाइते

११ फागुन, काठडाडौं ।  ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार’ समूह र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारमा झडप भएको छ ।

नो केबलकार समूहले राँके जुलुस निकालेपछि त्यसलाई रोक्न खोज्दा झडप भएको हो ।  झडपमा आठ जना प्रहरी घाइते भएका छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारीबाट पनि केही व्यक्ति घाइते भएका छन् ।

ताप्लेजुङमा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले राँके जुलुस निकाल्न लागेको सूचना पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखले फोन गरेर त्यसो नगर्न अनुरोध गरेको थियो । त्यहाँ प्रहरीले सुरक्षा दिइरहेको थियो ।

केही समयपछि सशस्त्र प्रहरी पुग्यो । लगत्तै आन्दोलनकारीले राँको बाल्न थालेपछि अवस्था बिग्रिएको थियो । त्यसपछि प्रहरीले लाठीचार्ज गरेको थियो।