११ फागुन, काठडाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी जेलबाट थप बन्दी छाड्न आनाकानी गरेका छन् ।
हमासले शनिबार ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका चार तथा त्यसअघि बन्दी बनाएका दुई जनालाई छाडेको हो । आफ्ना बन्दी छुटेपछि नेतान्याहुले अन्य बन्दीको रिहाइ ग्यारेन्टी नभएसम्म कसैलाई पनि नछाड्ने बताएका हुन् ।
उनले हमासले बारम्बार युद्ध विराम उल्लङ्घन गरेको आरोप समेत लगाए । अर्को शनिबार हमास र इजरायलको पहिलो चरणको युद्ध विरामको समय सकिने छ । यस बिचमा शनिबार हमासले पहिलो चरण अन्तरगतको अन्तिम पटक जीवित बन्दी हस्तान्तरण गरेको हो ।