११ फागुन, काठडाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आइतबार बिहानैदेखि कर्फ्यू आदेश लागू भएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले शनिबार राति एक सूचना जारी गर्दै आइतबार बिहानैदेखि निषेध आदेश लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क)बमोजिम निषेध आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । फुङलिङ बजारमा प्रदर्शन, जुलुस, हुलदङ्गा र झडप लगायतका घटना हुन थालेपछि कर्फ्यू लगाइएको हो ।
‘बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मका लागि निम्न बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी यो आदेश जारी गरिएको छ’, जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ ।