११ फागुन, काठमाडौं । चीनको जातीय मामिला मन्त्री पान यूए श्रीलंकाको कोलम्बो हुँदै आज नेपाल आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोगका उच्च अधिकारीहरूले स्वागत गरेका छन । आदिवासी जनजाति आयोगको निमन्त्रणमा उनी नेपाल आएका हुन । मन्त्री पान चिनियाँ राष्ट्रपति सिजिङ पिङ नेतृत्वको मन्त्रिमण्डलका एक सदस्य हुन् । उनी चार दिनसम्म नेपाल रहनेछन् । सन २०२४ को सेम्टेम्बरमा आयोगका अध्यक्ष रामबहादुर थापा मगर चीन भ्रमणका क्रममा बेइजिङ पुगेका थिए । बेइजिङमा रहँदा मन्त्री पानले अध्यक्ष थापासँग भेटवार्ता गरेका थिए । सोही भेटका क्रममा अध्यक्ष थापाले मन्त्री पानलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
मन्त्री पानले चीनका अल्पसंख्यक समुदाय मामिला सम्हाल्दै आएका छन् । उनी फागुन ७ गते कोलम्बो पुगेका थिए । त्यहाँ रहँदा उनले उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए ।